
सिन्धुपाल्चोक, १७ साउन । शनिबार रातिदेखि मेलम्ची खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
हालसम्म बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा गरी १७ घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । १९ मध्ये ९ वटा पक्की र ८ वटा कच्ची रहेका छन् ।
प्रहरीका अनुसार यसअघिको असार १ गते राति आएको बाढीले जोखिममा परेका घरहरू बगाएका हुन् । सो बाढी पछि घरधनीले घर छाडिसकेका थिए । सामान समेत निकालिसकिएको थियो ।















प्रतिक्रिया