काठमाडौ, १६ साउन । पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
अध्यक्ष केपी ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् । दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरूलाई पूर्णता दिने बताइएको छ ।
बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।











प्रतिक्रिया