१७ कार्तिक २०८३, मंगलबार

महन्थ ठाकुर आयोगको निर्णयविरुद्ध सर्वोच्चमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ साउन । महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा आयोगले हेड काउन्टका आधारमा गरेको फैसला वदरको माग गर्दै ठाकुर सर्वोच्च अदालत पुगेका हुन् ।

ठाकुरले बिहीबार नै रिट निवेदन दर्ता गराएका छन् ।

यसअघि साउन ८ गते आयोगले गर्न लागेको हेड काउन्टविरुद्ध सर्वोच्चमा रिट हालेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिएको थिएन ।

उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ ।

अब आइतबारको पेसीमा दुवै मुद्दालाई एकै स्थानमा राखि हेरिने छ ।