
काठमाडौँ, १५ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपाल र उपमहासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच छलफल चलिरहेको बताइएको छ ।
एमाले एकताका लागि नेताहरुले प्रयास जारी राखेका छन् । हिजै मात्रै संसदीय दलका उपनेता सुवास नेम्बाङले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न नेता नेपाललाई आग्रह गरेका थिए ।












प्रतिक्रिया