१७ कार्तिक २०८३, मंगलबार

जसपामा संसदीय दलको नेता चुन्न शनिबार चुनाव हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेता छान्न साउन १६ गते शनिबार चुनाव गर्ने निर्णय गरेको छ ।

जसका लागि ककसले दावी गर्ने भन्नेबारे टुंगो लागेको छैन ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो ।

बैठकले सकेसम्म सहमतिमा छान्ने नभए चुनाव गर्ने भएको हो ।

त्यस्तै, पार्टीले देउवा सरकारमा उपप्रधान पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको जनाएको छ ।

यद्यपि सरकारमा अन्य ककसलाई सहभागी गराउनेबारे निर्णय गरेको छैन ।