
धनकुटा, १४ साउन । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ७७ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको पाख्रीबास नगरपालिका–३ बस्ने ७७ वर्षीय धनबहादुर विश्वकर्मा छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
ती बालिकालाई धनबहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया