८ कार्तिक २०८३, आइतबार

चार पूर्वमाओवादी नेताको रिट न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । चार जना पूर्वमाओवादी नेताले सांसद पदमा पुनर्बहाली माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ ।

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार जना नेताले बुधबार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दायर गरेका हुन् । उक्त निवेदनमाथि आज बिहीबार सुनुवाई हुन लागेको हो ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटनका साथै पूर्व एमाले र माओवादी व्युँतिएको फैसाला गरेपछि तीन ४ जना नेताहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । तर, माओवादी केन्द्रले पार्टीको विधान विपरित अन्य दलमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी २६ चैतमा कारवाही गरेको थियो ।