चरिकोट, २५ चैत । सुस्त मनस्थितिको महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका दोलखा भीमेश्वर नगरपालिका–४ का एक युवकलाई जिल्ला अदालत दोलखाले १० वर्षको कैद सजाय सुनाएको छ ।
गत भदौ १० गते भीमेश्वर नगरपालिका–४ देववलीमा ५८ वर्षीया सुस्त मनस्थितिको एक महिलालाई जबरजस्ती करणी गर्ने स्थानीय २४ वर्षीय राजकुमार योगीलाई जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले १० वर्षको कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला भएको जिल्ला अदालत दोलखाका श्रेस्तेदार ध्रुबराज कार्कीले बताउनुभयो ।
अभियुक्त योगीलाई मुलुकी ऐन जवरजस्ती करणी महलको ३ (५) अनुसार पाँच वर्ष र पीडित सुस्त मनस्थितिको भएकाले मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (क) अनुसार थप ५ वर्ष गरी १० वर्षको कैद सजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिने फैसला भएको श्रेस्तेदार कार्कीले बताउनुभयो । रासस















प्रतिक्रिया