४ कार्तिक २०८३, बुधबार

बाग्मती सफाइ अभियानमा एमालेको ऐक्यबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २५ चैत । बाग्मतीलाई फोहोर हुन नदिने साझा सङ्कल्प गर्न आयोजना गरेको बाग्मती सरसफाइको मानव साङ्गो कार्यक्रमप्रति नेकपा (एमालले) ऐक्यबद्धता जनाएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाग्मती सरसफाई जस्तो पवित्र अभियानप्रति ऐक्यबद्धता जनाउदै सो कामलाई सफल पार्न पार्टीका सबै कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बाग्मती नदी किनारमा भेला भई यस अभियानलाई भव्यरूपले सफल पार्न र आगामी दिनमा बाग्मतीमा फोहोर नफाली नदी प्रदूषित हुने कुनै पनि गतिविधि नगर्न÷ नगराउन तथा आफू वरिपरिको परिवेशलाई सफा राख्ने काममा पनि निरन्तर सक्रिय हुन सबैलाई आग्रह गरिएको छ । रासस