
काठमाडौं, ११ साउन । यौन पिपासुहरूले एक १२ वर्षीया बालिकामाथि जबरजस्ती यौन दुर्व्यवहार गरेका छन् भने १३ वर्षीया बालिका र १५ वषीया किशोरीमाति जबरजस्ती करणी गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विभिन्न विवरणअनुसार यी तीनजनामाथि यौन दुर्व्यवहार र करणी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना विवरण अनुसार १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनगढी नगरपालिका–१४ मरायणटोल बस्ने २९ वर्षीय मुकेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई लामाले ललाईफकाई यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै उदयपुरकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई पनि आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधीन घरमा लगेर दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तुकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
घर नजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी तुलसीपुर बलुहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।















प्रतिक्रिया