८ कार्तिक २०८३, आइतबार

जसपाको आधिकारिकता विवाद आज टुङ्गो लगाउँदै निर्वाचन आयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे आज निर्णय गर्ने भएको छ ।

आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकता र मतदाता परिचय पत्रसहित उपस्थित हुन आग्रह गरेको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको हेड काउन्ट गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्ने भएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ ।