८ कार्तिक २०८३, आइतबार

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए गाडीको चाबी, यस्ता छन् मागहरू

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सरकारलाई गाडीको चाबी बुझाएको छ ।

आज आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने चेतावनी दिएका छन् ।

खोपको व्यवस्था र सवारी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनलगायत माग उनीहरूले गर्दै आएका छन् ।

कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको बीमा हुनुपर्नेलगायत माग पनि उनीहरुको छ ।