
तनहुँ, १० साउन । तनहुँमा १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।
बलात्कारमा संलग्न भानु नगरपालिका–३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामुहिक करणी गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ समेत २ जनालाई पक्राउ गरेको छ भने अझै तीनजना फरार छन् । घटनामा संलग्न हाल फरार ३ जनाको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया