४ मंसिर २०८३, शुक्रबार

पाल्पामा अचानक ढलेका आलेको उपचारका क्रममा मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानेसन, १० साउन । पाल्पा जिल्लामा बेहोस भएर ४८ वर्षीय जितबहादुर आलेको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ झिरबासका आले आफ्नै घरबाट भैँसी किन्न गएका थिए । भैँसी ल्याइ घर फर्कने क्रममा अमिलेस्थित दोबाटोमा अचानक चक्कर लागेर बेहोस भएका थिए ।

उनलाई श्रीमती र छोराले उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याएका थिए । उनको उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोष भट्टराईले जानकारी दिए ।