१ कार्तिक २०८३, शनिबार

नयाँ वर्षमा यस्ता म्युजिक भिडियो ल्याउँदै छ रास क्रीएसन (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5काठमाडौं । नयाँ स्रस्टालाई सधै साथ, समर्थन र हौसला प्रदान गर्ने रास क्रीएसनले यो नयाँ बर्षमा केहि नयाँ गीतहरु बजारमा ल्याउन लागेको छ ।

चर्चित पप गायक रमेश थनेतको दोस्रो एल्बमको तेस्रो म्यूजिक भिडियो तथा नव गायक गणेशकाज़ी बस्नेतको पहिलो एल्बमको पहिलो म्यूजिक भिडियो रास क्रीएसनले बजारमा ल्याउन लागेको हो ।

भर्ख्रर मात्र सुटिङ सकिएको गीतहरुको अहिले धमाधम सम्पादन चलिरहेको छ । केहि नयाँ तथा पुराना मोडेलहरुले अभिनय गरेको उक्त म्यूजिक भिडियोको छायांकन सुलभ अधिकारीले गरेका छन् भने डाइरेक्सन रास क्रीएसनका क्रीएटिभ डाइरेक्टर रमेश थनेतको रहेको छ ।

निकै नै सुन्दर ठाउहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोहरुको बजार ब्यबस्थापन तथा प्रोमोशन रास क्रीएसनले नै गर्ने भएको छ ।

बिशेषगरी युवा बर्गलाई लक्षित गरि निर्माण गरिएको उक्त म्यूजिक भिडियोहरुबाट आफु निकै नै आशाबादी रहेको कुरा रास क्रीएसनका म्यनेजिंग डाइरेक्टर आशिस घिमिरेले बताउनुभयो ।

2 3 4 crew  6 7 8