९ कार्तिक २०८३, सोमबार

नेपाली युवक भारतमा मृत भेटिए

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ९ साउन । श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ ।

२७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो ।

साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा दीपेशको शव बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका थिए ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको बताए । दीपेशका पिता सतिशनारायणले आफ्ना छोराको हत्या गर्नेलाई कानून अनुसार कारबाही हुनुपर्ने बताएका छन् ।