४ मंसिर २०८३, शुक्रबार

कर्णाली नदीमा दुई जना बालबालिका बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बर्दिया, ८ साउन । बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ ।

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।