९ कार्तिक २०८३, सोमबार

शुक्रबारदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालनमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ८ साउन । आजदेखि सार्वजनिक यातायातहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।

शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा यातायात व्यवसायी मजदुरहरुको लगायतको बैठकले लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

यससँगै वैशाख १६ गतेदेखिको निषेधाज्ञाले प्रभावित सो क्षेत्र आजदेखि सञ्चालनमा आएको हो ।