८ कार्तिक २०८३, आइतबार

पब्लिक कम्पनी बनेसँगै नर्भिक हस्पिटलमा नयाँ सञ्चालक समिति चयन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ ।

नर्भिक पब्लिक लिमिटेडमा रूपान्तरण भएपछिको चयन भएको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रबहादुर सिंह छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रूपमा कार्यरत थिए ।

त्यस्तै प्रबन्ध सञ्चालकको रूपमा मेघा चौधरी चयन भएकी छिन् भने सञ्चालकहरूमा भुवनचन्द भट्ट, मनिषकुमार खेम्का र बीएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

स्वतन्त्र सञ्चालकको रूपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिमा आमन्त्रितको रूपमा पाँच जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार नर्भिकको सञ्चालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रूपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरूमा डा. मधु घिमिरे, डा. पङ्कज जलान र एमडी अग्रवाल छन् । सञ्चालक समितिमा आमन्त्रितको रूपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत छन् ।

नयाँ चयन भएको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने लगायतका निर्णयहरूलाई कार्यान्वयनमा लैजाने अस्पतालले जानकारी दिएको छ ।