७ कार्तिक २०८३, शनिबार

सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गर्दै नर्भिक इन्टरनेशनल अस्पताल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ ।

नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको बताएको छ ।

योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रूपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) समेत जारी गर्ने तयारी गरेको छ । नर्भिक अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।