८ कार्तिक २०८३, आइतबार

अविरल वर्षाका कारण भत्कियो देशकै पुरानो चन्द्रनहर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ५ साउन । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिब ३०० घरसमेत डुबानमा परेको छ । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै, जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुबानमा परेका छन् ।

तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं–५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ । रासस