
काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
एमाले नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भएको भेटवार्तालगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरूबीच मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा तीव्र छलफल भइरहेको छ ।
प्रधानमन्त्री देउवाले माधवपक्ष सरकारमा जाने नजाने निश्चित भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकाले नेता नेपालसँगको भेटघाटलाई तीव्रता दिइँदै आएको छ ।
यस्तै, प्रचण्ड र नेपालबीच छलफल सकिएपछि जनता समाजवादी पाटी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका छन् ।















प्रतिक्रिया