मुम्बई । अश्लील फिल्म बनाएको अभियोगमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् ।
मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राति पक्राउ गरेको हो । पोर्न फिल्म बनाएर ऐपमार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।
फेब्रुअरीमा उनीबिरुद्ध अश्लील फिल्म बनाएको र एपमार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस