८ कार्तिक २०८३, आइतबार

एमालेको माधव समूह जुट्यो छलफलमा, कस्तो आउला रोडम्याप ?

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेकपा एमालेका असन्तुष्ट पक्ष वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै उनीहरू छलफलमा जुटेका हुन् ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल पक्ष अनुपस्थित थियो । तर सो बैठकले देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् ।