
काठमाडौं, ४ साउन । नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकै कारण एमाले नफुट्ने दाबी गरेका छन् ।
नेकपा एमालेको एकता कामय राख्नकै लागि आफूहरू विश्वासको मतमा सहभागी नभएको उनको भनाइ छ । पार्टी एकताका लागि बनेको कार्यदलका सदस्य रहेका व्यक्तिहरूले विश्वासको मतमा सहभागी नभएको बताउँदै एकताको सम्भावना कायमै रहेको विश्वास पाण्डेले व्यक्त गरेका छन् ।
‘एकताका लागि हाम्रो प्रयास जारी छ । एकता जारी रहोस् भनेरै हामी कार्यदलका सदस्यहरू समेत रहेका कसैले पनि कतै मत हालेका छैनौं,’ पाण्डेले भने । शेरबहादुर देउवालाई विश्वासको मत दिएको घटनाले पार्टीमा ठूलो समस्या नआउने उनको बुझाइ छ ।
तर, आजै बसेको नेकपा एमालेको १०औं केन्द्रीय समितिको बैठकले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिसकेको छ ।
त्यस्तै पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ ।















प्रतिक्रिया