९ कार्तिक २०८३, सोमबार

भगवती रंगपथ वन्द हुदाँ स्थानीय मर्कामा, सम्वन्धित निकाय मुकदर्शक बनेको आरोप

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, ४ साउन । व्यास नगरपालिकाको वडा नं १२ हुदै भानु नगरपालिकाकोको वडा नं ५ जाने भगवती रंगपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि बाटो नखुल्दा स्थानिय जनता मर्कामा परेका छन् ।

गएको असार १७ गते पर अविरल परेको वर्षाले अवरुद्ध भएको वाटो हालसम्म पनि नखोलिदाँ उक्त मार्ग हुदै जाने पीपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभयाङ्ग, नावरुङ्ग, मिलडाँडा, डाडाँथोकका वासिन्दाहरुलाई प्रत्यक्ष मार परेको स्थानिय वासिन्दा राम वहादुर अधिकारीले बताए ।

बाटो नहुँदा उक्त क्षेत्रमा स्वास्थ्य, शिक्षा र सवारीसाधन र खाद्यन्नमा पनि पुर्ण रुपमा असर पुगेको छ । विरामी हुदाँ दमौली सम्म आउने वाटो समेत नहुँदा ज्यान नै जाने खतरा समेत भएको स्थानियले बताए ।

लामो समय हुदाँ सम्म पनि वाटो नखोल्दा स्थानिय जनताहरु आक्रोशित वनेका छन् । भानु ५ का वडाध्यक्षले आफनो क्षेत्र मा कुनै सवारी साधनमा अवरोध नभएको बताए ।

छिर्कने देखि विशेष गरेर पीपलथोक सम्म व्यास १२ को क्षेत्र भएकोले आफुले सो क्षेत्रमा केहि पनि गर्न नसकेको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल टाईसनले बताए । मुख्य अवरोध भनेको व्यासको वडा नं १४ मा नै हो । भानु ५ को मोटरमार्गमा पर्ने वाटोको अवरोध हटाईसकेका छौ ।

त्यो वाटो को विकल्पमा हामीले नागनागिना हुदै मैवल अनि नावरुङ्ग जान सकिन्छ , यसका अलवा स्याउलीपसल हुदै नावरुङ्ग सम्म वाटोको अवरोध हटाएका छौ, वडाध्यक्ष प्रकाश मल्लले बताए ।

यसैगरि व्यास १२ का वडाध्यक्ष तोत्र वहादुर कुवँरले आफनो वडाको क्षेत्र भएता पनि त्यहाँ ठेक्का लागिसकेको हुदाँ केहि गर्न नसकेको बताए । प्रदेश सरकारले त्यो वाटोको स्तरोन्नती गरि वाटो मर्मत गरेको थियो ।

त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने वताए । वडा आफनो भएता पनि वाटो समितीले काम गरेको र त्यो ठेकेदारलाई आफुले सम्पर्क गर्ने कोशिश गरेको वताए । वाटो समितीले वाटो वनाउँदा वडा सग समन्वय नगर्दा समस्या आएको हो, वडाध्यक्षल कुवँरले बताए ।

वाटो जस्तो अत्यावश्क विषयमा पनि वडा र नगरपालिकाले राजनिती गरेको स्थानिय वासिन्दा राम वहादुर अधिकारीले बताए । भानु ५ को वडाकार्यलयमा भन्दा, क्षेत्राधिकार पर्देन भन्छ, व्यास १२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्दछ । ठेकेदार सम्पर्क विहिन छ ।

नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनिती भयो, स्थानिय शिव शाहीले भने ।

वाटो जस्तो विषयमा यति लामो समय हुदाँ पनि सम्वन्धित निकाय मौन वस्नु लज्जास्पद भएको स्थानिय अगुवा मधु अधिकारीले वताए । वाटो अवरुद्ध हुदाँ स्वास्थ्य, शिक्षामा प्रत्यक्ष असर परेको छ । यसमा जिम्मेवारी वन्नु पर्देन ? अधिकारीले बताए ।

छिर्कने वजार को पीपलथोक देखि डाँडाथोक सम्म करिव ८ किलोमिटर वाटो रहेको भगवती रंगपथ मोटरमार्गमा छिर्कने देखि पीपलथोक सम्म करिव १ किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घर समेत जोखिम भएको छ ।

यस विषयमा समेत सम्वन्धित निकायले कुनै समन्वय गरेको छैन, पिडित विष्णुमाया ढकालले बताईन् । बाटो अवरुद्ध हुदाँ हजारौ जनताले सास्ती वेहोर्न परेको स्थानिय शुवास ढकालले बताए ।