
काठमाडौं, ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका कसैले नमाने पनि आफू एक्लैले शेरबहादुर देउवालाई मतदान गर्ने अडान लिएका छन् ।
नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेको कार्यदलका केही सदस्यहरूसँग कुरा गर्दै यस्तो अडान लिएको एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । संस्थागत निर्णय गरेर अगाडि बढ्नुपर्ने कार्यदल सदस्यहरूको आग्रहलाई अस्वीकार गर्दै नेता नेपालले एक्लै भए पनि देउवालाई मतदान गर्ने स्पष्ट पारेको ज्ञवालीको भनाइ छ ।
त्यससँगै नेपालले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावप्रति पनि असहमति प्रकट गरेको बताइएको छ । नेकपा एमालेमा माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई मिलाउन कार्यदल गठन भएको थियो ।
दश सदस्यीय कार्यदलले असार २७ गते मिलेर अघि बढ्ने सहमति गरेको थियो । नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए ।















प्रतिक्रिया