३ कार्तिक २०८३, मंगलबार

युट्युवमा आयो चलचित्र ‘द आर्टिष्ट’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘द आर्टिष्ट’ नेट युट्युवमा आएको छ ।

टीकाध्वज थापा (रमेश)ले निर्माण तथा जीवन शाहीले निर्देशन गरेको सो चलचित्र साईराम पिक्चर्सबाट शनिबारदेखि युट्युवमा आएको हो । यसअघि यो चलचित्र नेटटीभीमा रिलिज भएको थियो ।

चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

हरि न्यौपानेको छायाँकनकोे चलचित्रमा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ । एक्सन, माया प्रेम र कलाकार बन्ने सपना राखेर चलचित्र क्षेत्रमा आउनेहरूको कथा व्यक्त गरिएको चलचित्र हो द आर्टिष्ट ।

यस्तो छ चलचित्र–