
बाँके, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् ।
राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन पनि आह्वान गरेका छन् । ‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?,’ राणाले ट्विट गर्दै शनिबार भनेका छन्, ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै होइनन् ।’
राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’ नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यस अघि नै राप्रपाको अध्यक्ष पदमा दाबी गरीसकेका छन् । महाधिवेशनउन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।















प्रतिक्रिया