२ कार्तिक २०८३, सोमबार

ओलम्पिकका लागि टोकियो आएका खेलाडी गायब

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, २ साउन । टोकियो ओलम्पिकका लागि जापान पुगेका युगान्डाको एक खेलाडी गायब भएका छन् ।

उनको स्थानीय पुलिसले ब्यापक खोजी गरिरहेको छ । पश्चिमी जापानमा प्रशिक्षणमा रहेका युगान्डाका एक खेलाडी अचानक हराएको र उनको खोजी कार्य तीब्र पारिएको बताइएको छ ।

जापानी मिडियाका अनुसार गायब भएका खेलाडी भारत्तोलनको रहेका छन् । उनी हराएको कुरा कोरोनाको पीसीआर परिक्षण गर्दा थाहा भएको थियो । शुक्रबार राती अन्तिम पटक ती खेलाडीलाई युगान्डा टिमका साथीले देखेका थिए ।

ओलम्पिकको प्लेबुकका अनुसार कुनैपनि खेलाडी आफुखुसि बाहिर जान नपाउने र तोकिएको ठाँउमा मात्र कुनैपनि खेलाडीले जानपाउने उल्लेख छ ।

जापान पुगेपछि युगान्डा टिमका एक अफिसियलमा कोरोना देखिएको थियो । जुन २३ मा अर्को एक खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

युगान्डा टिम जापान पुगेपछि जुलाई सात तारिखबाट प्रशिक्षण सुरु गरेको थियो । कोरोना संक्रमण भएका खेलाडीको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

कोभिडका कारण नै गत वर्ष स्थगित भएको टोकियो ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ ।