३ कार्तिक २०८३, मंगलबार

बलिउड नायिका सोनम लण्डनमा बस्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अनिल कपूरकी छोरी एवम् नायिका सोनम कपूर अब लण्डनमै बस्ने भएकी छिन् । उनले ३ बर्ष अगाडि बिहे गरेकी थिइन् । बिहेपछि उनी फिल्मबाट टाढा भएकी थिइन् ।

उनी चाडै नै सुजोय घोषको चलचित्र ‘ब्लाइण्ड’मा काम गर्ने तयारीमा छिन् । सोनम कपूर अब भने स्थायी रुपमा नै लण्डनमा बस्न थालेकी छिन् । उनी विशेष काम पर्दा मात्र मुम्बई आउने गरेकी छिन् ।

भारत छोडेर लण्डनमा नै बस्न थालेकी सोनमले आफूलाई स्वतन्त्रता मनपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई लण्डनको स्वतन्त्रता मनपर्छ । म आफ्नो काम आफै गर्न पाउँछु । घर सफा गर्न, खाना बनाउन पाउँछु । म सपिङ पनि आफै जान्छु ।’

सोनम लण्डनमा नै रहँदा पनि आफूलाई पर्यटक जस्तो लाग्ने गरेको बताउँदै आनन्द जस्ता श्रीमान् पाउनु आफ्ना लागि सौभाग्यको कुरा भएको बताउँछिन् । एजेन्सी