१६ कार्तिक २०८३, सोमबार

एमाले स्थायी कमिटी बैठक शुक्रबार ११ बजे, नेपाल पक्षलाई पनि बोलाइयो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३१ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार ११ बजेका लागि महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले माधव नेपाल पक्षलाई पनि बैठकमा बोलाइएको जानकारी दिए ।

बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।

यद्यपि नेपाल पक्ष बैठकमा सहभागी हुने नहुनेबारे स्पष्ट धारणा सार्वजनिक भएको छैन ।