२८ आश्विन २०८३, बुधबार

गरिबीका कारण आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन। पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् ।

शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ ।

उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा थेग्न नसकि आत्महत्या गरेको बताइएको छ ।

उनका दुई छोरा भने अलग्गै बस्दै आएका छन् । श्रीमतीको पहिले नै मृत्यु भइसकेको बताइएको छ । स्थानीयका अनुसार उनी सधँै मदिरा सेवन गर्ने गर्थे ।

श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताइरहेका दर्जीले शनिबार झुन्डिएर आत्महत्या गरेका हुन् ।

उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । प्रारम्भिक चरणमा गरिबी कारण देखिए पनि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई वर्षअघि पनि चितवनको माडीमा गरिबीका कारण आफ्नो सन्तानलाई दसैँमा मासु खुवाउन नसक्दा १२ सन्तानका बुबा धनबहादुर परियारले आत्महत्या गरेका थिए । नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दो छ ।