२९ आश्विन २०८३, बिहिबार

मोदी नेपालको विकासमा सहयोग गर्न तयार : प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा सहयोग गर्ने आश्वासन दिएको बताएका छन् ।

भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले मोदीको नेपालप्रति ठूलो सद्भाव रहेको बताए । आफूले नेपाल भ्रमणको निम्ता दिएको भन्दै उनले भने, ‘उहाँले आउने आश्वासन दिनु भएको छ । नेपालको विकासका निम्ति हरसम्भव प्रयास गर्छु भन्नु भएको छ ।’

प्रधानमन्त्री कोइरालाले मोदीको विकासको प्रतिवद्धताको प्रसंसा गरे । मोदीसँग सार्क मुलुकका सरकार प्रमुखहरुसँगको भेटमा आफूले विशेषगरी जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेको उनले बताए ।

सञ्चारकर्मीको एक प्रश्नमा प्रधानमन्त्री कोइरालाले भारतका लागि नेपाली राजदूत छिट्टै नियुक्त गर्ने बताएका छन् । ‘छिट्टै सरसल्लाह गरेर राजदूत नियुक्त हुन्छ।’- उनले भनेका छन् ।

तीन वर्षदेखि नेपालले भारतका लागि राजदूत नियुक्त गर्न सकेको छैन ।