४ मंसिर २०८३, शुक्रबार

चितवनमा एमालेका कार्यकर्ताले प्रधान न्यायाधीश राणाको पुत्ला जलाए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिशिर सिंखडा

भरतपुर, २९ असार । संसद विघटनको निर्णय बदर गर्ने फैसलाको विरोध गर्दै चितवनमा एमाले समर्थक युवा तथा विद्यार्थीले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गरेका छन् ।

अनेरास्ववियु चितवनले भरतपुरको चौबीसकोठीमा सोमबार आयोजना गरेको कोणसभा लगत्तै युवाहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका हुन् ।

पुत्ला दहन गर्दै युवा तथा विद्यार्थीले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका थिए ।

चौबीसकोठीमा आयोजित कोणसभामा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोख्रेल, एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यले सर्बोच्च अदालतको फैसलाले लोकतान्त्रिक पद्धति र गणतन्त्र खतरामा परेको भन्दै जनताको मतको सर्बोच्चले अपमान गरेको बताएका थिए ।