४ मंसिर २०८३, शुक्रबार

बुद्धचित्तसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २९ असार । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनीघाट पुलबाट सशस्त्र प्रहरीले १२ केजी बुद्धचित्तसहित चार जनालाई पक्राउ
गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका–९ बस्ने ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामामङ्ग, ३५ वर्षीय रबिन लामा र २९
वर्षीय जगत तामाङ्ग छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा बुद्धचित्त फेला पारेको हो ।

पक्राउ परेकाहरूलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाएको प्रहरीले जनाएको छ ।