१६ कार्तिक २०८३, सोमबार

सहमति बन्नेमा म विश्वस्त छुः सुवास नेम्वाङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २७ असार । नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टीलाई एक बनाउन आजै सहमति हुने बताएका छन् ।

ओलीपक्षीय कार्यदलका संयोजक समेत रहेका उनले ११ घण्टादेखि प्रयत्नमा लागेको र अब सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताए ।

आज राति युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदैछ । त्यसै सन्दर्भलाई जोडेर उनले यस्तो बताएका हुन् ।

बैठक चलिरहेकै बेला सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजे नै सुखद समाचार दिन्छौँ भनेका थियौँ, सोखालको परिस्थति बनेन । सहमति गरेर हामी फुटबल हेर्न जान्छौँ । त्यसकै लागि ११ घण्टा प्रयत्न जारी छ । छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ । सहमति बन्नेमा म विश्वस्त छु । ’