
काठमाडौँ, २७ असार । नेकपा (एमाले) स्थायी कमिटीको बैठक असार २८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
आइतबार बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।
कार्यदलले एकताका तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।
सहमतिमा हस्ताक्षर भएसँगै बैठक बस्ने तय भएको थियो । कार्यदलको बैठकलाई पर्खिँदै ११ बजे बोलाइएको स्थायी कमिटी बैठक ४ बजेलाई सारिएको थियो ।
अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने बताइएको छ ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर नेपाल पक्षबाट फिर्ता नभएपछि अब पार्टी नयाँ ढंगले बढ्नुपर्ने बहस सुरु भएको छ ।












प्रतिक्रिया