१६ कार्तिक २०८३, सोमबार

थप १ हजार ५३३ जना कोरोनामुक्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ असार । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ ।

गत २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ५३५ र एन्टिजेन विधिबाट ३ हजार ६८३ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८३१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेको छ ।

२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।