
काठमाडौं, २४ असार । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठिन कार्यदलको सिंदरबारमा बसेको बैठक सम्पन्न भएको छ ।
बैठकमा पार्टीभित्रको विवाद समाधान गर्न नेताहरू सहमतिनजिक पुगेको बैठकपछि नेताहरूले प्रतिक्रिया दिएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले अब निष्कर्षमा पुग्न लामो समय नलाग्ने बताएका छन् ।
उनका अनुसार अब सहमतिका लागि लामो समय लाग्ने छैन ।
सहमतिका लाथि थप गृहकार्य गर्न भन्दै अहिले बैठक स्थगित गरिएको छ । पुनः साँझ ७ बजे कार्यदलको बैठक बसेर सहमतिमा पुग्ने तथा नेताद्वय ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्ने तयारी छ ।
एमाले विवाद चलिरहेका बेला बुधबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । सोमबारदेखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ ।















प्रतिक्रिया