
काठमाडौँ, २३ असार । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
वुधबार साँझ होटल मेरियटमा उनीहरुबीच वान टु वान भेटवार्ता भएको हो । पार्टीलाई एक बनाएर अघि बढ्न निरन्तर छलफलमा रहेको १० सदस्यीय कार्यदलले विवाद समाधानको ड्राफ्ट बनाउँदै गर्दा ओली र नेपालबीच भेटवार्ता भएको हो ।
कार्यदलका नेताहरुले पार्टीको गतिरोध समाधान उन्मुख हुँदै गएको र केही दिनमा संयुक्त वक्तव्य जारी हुने बताउँदै आएका थिए । अब कसरी विवाद मिल्छ भन्नेबारे आमको चासोको विषय बनेको छ ।















प्रतिक्रिया