लसएञ्जलस । हलिउडकी चर्चित कलाकार एञ्जेलिना जोली गायक द विकेन्डसँग प्रेममा रहेकी चर्चा चल्न थालेको छ । पछिल्लो समय एन्जेलिना र विकेन्ड लस एन्जलसमा अवस्थित एक इटालियन रेष्टुरेन्टमा एकसाथ देखिएको र उनीहरुले घण्टौं साथमा बिताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।
घण्टौं समय बिताउनु ठूलो कुरो भएन, तर मिडियाको आँखा छल्दै छुट्टा–छुट्टै बाहिर निस्कनुलाई भने उनीहरू प्रेममा रहेको रुपमा अर्थ्याउन थालिएको छ । यी दुई प्रेममा परेको खबरसँगै उमेरको विषय पनि चर्चामा आएको छ । एञ्जेलिना ४६ वर्षकी भइन् भने गायक द विकेन्ड ३१ वर्ष पुगे । उनीहरूबीच १५ वर्षको उमेर ग्याप छ ।
उनीहरू प्रेममा रहेको र यसलाई लुकाउन खोजेको चर्चा चलेपनि केही सञ्चारमाध्यमहरूले भने त्यो सत्य नभएको भनेर पनि समाचार लेखेका छन् । ती सञ्चारमाध्यमका अनुसार दि विकेन्ड फिल्मी ब्यवसायमा प्रवेश गर्न लागेको र सल्लाहका लागि एञ्जेलिनासँग भेट गरेका हुन् ।
एञ्जेलिना जोली आफ्नो व्यक्तिगत जीवनलाई लिएर सधैं चर्चामा आइरहने कलाकार हुन्। हलिउडकै कलाकार ब्राड पिटसँग उनको जोडी मिलेको तारिफ हुँदाहुँदै यी दुईले सम्बन्ध विच्छेदगरेका थिए ।
दि विकेन्डको असली नाम अवेल म्याकोनेन तेस्फाया हो । उनी क्यानडाका चर्चित गायक हुन् । हलिउडका चर्चित यी गायकको कुनै बेला कलाकार तथा गायिका सेलेन गोमेज तथा मोडल बेला हदिदसँग प्रेम सम्बन्ध थियो । एजेन्सी















प्रतिक्रिया