तुलसीपुर, २४ असार । दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–१० गैरी गाउँमा प्रहरीले छापामारेर ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
झगुप्रसाद बुढाथोकीको घरमा बुधबार छापामारेर तुलसीपुरका ३७ वर्षीय खड्कबहादुर वलीसहित ५ जनालाई फत्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट एक लाख ४७ हजार १ सय २५ रुपियाँ र तासको गड्डी पनि बरामद भएको छ ।
पक्राउ पर्नेमा ३४ वर्षीय शरण श्रेष्ठ, ४१ वर्षीय मिनकेतन गिरी, ४१ वर्षीय विनोद खाती र ३२ वर्षीय छवि गिरी रहेका छन् ।











प्रतिक्रिया