४ मंसिर २०८३, शुक्रबार

नारायणगढ–मुग्लिन सडक अबरुद्ध, पृथ्वीराजमार्ग पनि बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २४ असार । अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार बिहानैदेखि अवरूद्ध छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरो हटाउने काम सुरू गरिएको छ ।

सेतीदोभानमा पहिरो खसेको छ । पहिरो हटाउन बिहान ६ बजेदेखि काम भइरहेको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।

उता, पृथ्वी राजमार्गको तनहुँ खण्ड पनि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–४ मा बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।