
काठमाडौँ, २३ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ ।
वुधबार साँझ होटल मेरियटमा भएको करिब २ घण्टाकाे वार्तामा कुनै ठोस सहमति भने नभएको जनाइएको छ ।
नेताहरुले भेटवार्ताबाट समस्या समाधान तर्फ अघि बढ्न सकिने बताए पनि आजको भेटमा कुनै निष्कर्ष भने निस्किएन । करिब २ महिनापछि भएको दुई नेताबीचको छलफलमा विवाद समाधानबारे ठोस सहमति नभए पनि कार्यदलको भने निरन्तर बैठक हुने बताइएको छ ।
छलफलमा कार्यदलका दुवै पक्षको केही नेताहरु पनि सहभागी भएका थिए ।















प्रतिक्रिया