नयाँदिल्ली । भारतका अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ ।
दिलिप कुमार केही दिनयता बिरामी परेका थिए । उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।
बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गरेका थिए ।















प्रतिक्रिया