म्याग्दी, २३ असार । म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर मालिका–६ दरबाङको रातढुङ्गाका २२ वर्षीय गजिन रोका र उनकी श्रीमती बिना रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मंगलबार रातिको पानीले छिस्बाङ खहरेखोलामा आएको बाढीका कारण पहिरो जाँदा घर बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।
घरमा सुतिरहेका दम्पती घरसहित पहिरोमा बगेका प्रहरीले जनाएको छ ।











प्रतिक्रिया