
काठमाडौँ, २२ असार । नेकपा एमालेको कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएको छ ।
मंगलबार भएको बैठकमा विवाद समाधानतिर अघि बढेको नेताहरुले बताएका छन् ।
‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्र्दभमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, बैठकपछि विष्टले भने, ‘आजको बैठकमा सदस्यहरुले आआफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’
कार्यदल ब्युँतिएपछि पार्टीको विवाद समाधानका लागि अग्रसर भएर छलफल अघि बढाइएको छ ।















प्रतिक्रिया