
काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।
जनकपुरबाट फर्कने बित्तिकै प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
यता एमालेको कार्यदलले पार्टीलाई एक बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेका बेला प्रचण्डसँग नेता नेपालले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनीहरुबीच समसामयिक विषयमै छलफल भएको अनुमान गरिएको छ ।















प्रतिक्रिया