सप्तरी, २२ असार । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियास्थित सीमा ईलाकाबाट असार २० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ बस्ने ३३ वर्षीय चोलाधर पोख्रेल र सप्तरी जिल्लाको सुरुङ्गा गाउँपालिका ९ बस्ने ३० वर्षीया रोमा विक छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी १० बोतल, नाईट्राजेपाम ट्याब्लेट २० वटा, स्पास कोरभोम प्लस १ सय ४४ वटा र १ थान मोवाईल फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।











प्रतिक्रिया